logo

२०८३ कार्तिक १० सोमबार

ओली सरकार एक रातमै ढल्न सक्छ : विप्लव

ओली सरकार एक रातमै ढल्न सक्छ : विप्लव


खबर सर्कल
  • शनिबार, ८ मंसिर २०८१
  • 2K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली नेतृत्वको सरकार एक रातमै ढल्न सक्ने बताएका छन् । नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै महासचिव विप्लवले कूटनीति तरिकाले ओली सरकार नटिक्ने बताएका हुन् । हिजो प्रचण्डले दिनैपिच्छे आफ्नो सरकार नढल्ने दाबी गरे पनि रातारात ढलेको उदाहरण दिँदै उनले ओली सरकार राति नै ढल्ने जनताले भनिरहेको विप्लवले बताए ।

    ‘हिजो प्रचण्डले दिनैपिच्छे सरकार ढल्दैन भन्नुहुन्थ्यो । आज ओलीको कामै सरकार ढल्दैन भनिरहनुभएको छ । जनतालाई के लागेको छ भने यो सरकार राति ढल्न सक्छ । वर्षैपिच्छे सरकार बनेका बनेका छन् । वर्तमान ओली सरकार पनि कति दिन टिक्ने हो ? देशलाई भ्रष्टाचारीले कब्जा गर्न सक्छन् । यस्तो पाराले देशको विकास कहिले हुन्छन्’, उनले प्रश्न गरे ।

    संसदमा क्रान्ति गर्ने मानिसलाई खिल्ली उडाउने, बदनाम गर्ने प्रयास भइरहेको प्रति उनले आक्रोश पोखे । विप्लवले १७ हजारको बलिदानीपछि आएको व्यवस्थामा माओवादी आन्दोलनले सोचेको यही हो भनेर प्रश्न उठाए ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend