logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति


खबर सर्कल
  • आइतबार, ९ मंसिर २०८१
  • 1.8K
    SHARES

    काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

    मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम आइतबार स्वीकृति प्रदान गरेका हुन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको उल्लेख छ ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend