भद्रपुर । झापामा उत्पादित चाइनिज इँटा पहिलोपटक भारत निर्यात भएको छ । झापा मेचीनगर नगरपालिकाको १५ नम्बर वडामा स्थापित सरिया ग्रीन ब्रिक्स इण्डस्ट्रीजुले पहिलोपटक भारततर्फ इँटा निर्यात गर्न सुरु गरेको हो।
उद्योगका सञ्चालक कैलाश सरियाका अनुसार, मंगलबार नमुनाका रूपमा ३२ हजार थान इँटा भारत पठाइएको हो । यो नेपालकै ठुलो र अत्याधुनिक प्रविधियुक्त इँटा उद्योग हो । पूर्ण एअर कम्प्रेसर प्रणालीमा आधारित यस उद्योगले स्वचालित मेसिन प्रयोग गरी उच्च गुणस्तरका इँटा उत्पादन गर्न थालेको छ ।
सञ्चालक सरियाले भारतमा नेपाली उत्पादनको माग बढिरहेको बताउँदै आगामी दिनमा निर्यातको परिमाण थप बढाउने लक्ष्य रहेको जानकारी दिए । सरिया ग्रीन ब्रिक्स इण्डस्ट्रीजको यो कदमले नेपाल र भारतबिचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend