logo

२०८३ कार्तिक १० सोमबार

दक्षिण कोरियामा आपत्कालीन ‘मार्शल ल’ लागू

दक्षिण कोरियामा आपत्कालीन ‘मार्शल ल’ लागू


खबर सर्कल
  • मंगलबार, १८ मंसिर २०८१
  • 2.1K
    SHARES

    सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले मंगलबार देशमा आपत्कालीन सैन्य कानुन (मार्शल ल) लागू गरेका छन् । राष्ट्रपति युनले टिभीमा यो घोषणा गरेका हुन् ।

    उनले देशको संविधान र कानुन बचाउन यो कदम आवश्यक रहेको बताए । यो निर्णयले देशको सरकार र लोकतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने तुरुन्तै स्पष्ट छैन । उनले देशको प्रतिपक्षले संसद्लाई नियन्त्रण गर्ने, उत्तर कोरियाप्रति सहानुभूति राखेको र राज्यविरोधी गतिविधिमार्फत सरकारलाई अस्थिर बनाएको आरोप लगाए ।

    यद्यपि, युनले मार्शल ल कति समयसम्म लागू रहने बताएनन् । वास्तवमा, आपत्कालको अवस्था हुँदा मात्र मार्शल ल लगाइन्छ । प्रतिपक्षी दल लोकतान्त्रिक पार्टीले मार्सल ल लगाउने घोषणालाई असंवैधानिक बताएको छ ।

    दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार सेनाले सबै प्रकारका संसदीय कारबाही निलम्बन गरेको घोषणा गरेको छ । योनहाप न्युज एजेन्सीले सांसदहरूलाई सभा भवनमा प्रवेश गर्न निषेध गरेको जनाएको छ ।

    सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा राजधानी सोलको संसद् भवन बाहिर ठुलो सङ्ख्यामा सुरक्षा बल तैनाथ गरिएको देख्न सकिन्छ ।

    युनले सन् २०२२ मा राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend