logo

२०८३ कार्तिक १० सोमबार

भ्रष्टाचार लुकाउन राष्ट्रिय सुचना आयोगको आदेश समेत कार्यान्वयन नगर्दै नाथम

भ्रष्टाचार लुकाउन राष्ट्रिय सुचना आयोगको आदेश समेत कार्यान्वयन नगर्दै नाथम


खबर सर्कल
  • शनिबार, ३० मंसिर २०८०
  • 2K
    SHARES

    इन्भेष्टिगेशन जर्नालिजम: ०१

    नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान ‘नाथम’ ले भ्रष्टाचारजन्य कार्य, प्रशासनिक चलखेल र आर्थिक अनियमिता लुकाउनको लागि राष्ट्रिय सुचना आयोगको आदेश समेत कार्यान्वयन नगरेको पाइयो।

    उक्त प्रतिष्ठानमा एम. एच. एम अध्ययनरत विद्यार्थी सागर देबकोटा ‘सुशान्त’ ले बाषिर्क २-३ करोड सम्म भ्रष्टाचार भएको गुनासो साथिहरु र कर्मचारी बाट थाहाँ पाए पछि सत्य तथ्य पत्ता लगाई सार्वजनिक गर्ने उद्देश्यका साथ सोही प्रतिष्ठानमा सुचना माग गर्दै पत्र पेश गरे।

    प्रतिष्ठानले सुचना नदिई फेरि सुचना लिन आएमा कलेजबाट बिभिन्न बहाना बनाई कार्वाही गरि निस्कासन समेत गरि दिने दबाब  पुर्व कार्यकारी निर्देशक राजेश उप्रेती सहित प्रशासनका कर्मचारी ले दिए।

    आफुले सुचना नपाएपछि देबकोटाले राष्ट्रिय सुचना आयोगमा मुद्दा समेत दर्ता गराए र राष्ट्रिय सुचना आयोगले मिति २०७९/०५/१६ गते मुद्दा नं. २८/०७९/०८० निर्णय नं. ९० मा देबकोटालाई सात दिनभित्र सुचना उपलब्ध गराउन आदेश समेत दियो।

    देबकोटा आफै बारबार सुचना आदेश बमोजिम दिन अनुरोध गर्दै प्रतिष्ठानमा उपस्थित भए तर बिभिन्न बहाना गर्दै प्रतिष्ठानले सुचना नदिई प्रशासनिक चलखेल गरेपछि फेरी सुचना आयोगमा मिति २०८०/०६/०८ गते ‘आदेश बमोजिम सुचना उपलब्ध गराई पाउ’ भनि निबेदन पेश गरे।

    आयोगले फेरि मिति २०८०/०६/१४ गते ‘विवरण उपलब्ध गराई दिने सम्बन्धमा’ प्रतिष्ठानलाई पत्र लेखि पठायो। उक्त प्रतिष्ठानलाई आयोगले समयमा विवरण नदिए सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गरायो।

    प्रतिष्ठानले सुचना पटक पटक माग्दा नि नदिए पछि मिति २०८०/०८/१२ गते दर्ता नं. १८०/०८०/०८१ मा फेरि निबेदन दर्ता गरि नयाँ कार्यकारी प्रमुख नरत कुमार लुइँटेल संग सुचना दिन अनुरोध गरे र लुइँटेलले दुई हप्ता भित्रै सुचना दिने बाचा समेत गरे।

    लुइँटेलले सम्पुर्ण नियम बमोजिमका सुचना राष्ट्रिय सुचना आयोगको आदेश बमोजिम दिन लागेपछि सोही प्रतिष्ठानमा कार्यरत केहि कर्मचारी आफ्नो भ्रष्टाचारजन्य कार्य, प्रशासनिक चलखेल र आर्थिक अनियमिता बाहिर आउने डरले बिभिन्न बहाना बनाई केहि कर्मचारीले आफ्नो बचाउमा  लुइँटेललाई प्रतिष्ठानमा दबाब  दिने काम गराएको देखिन्छ।

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend