logo

२०८३ कार्तिक १० सोमबार

बेलहिया नाकाबाट पर्यटक आगमनमा क्रमशः सुधार

बेलहिया नाकाबाट पर्यटक आगमनमा क्रमशः सुधार


खबर सर्कल
  • शनिबार, ११ असोज २०८२
  • 1.6K
    SHARES

    भैरहवा (रुपन्देही), ११ असोजः कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक सुधार भएको छ ।

    गत बिहीबारसम्मको तथ्याङ्कअनुसार यो वर्ष ५८ देशका ६३ हजार सात सय ९३ जना पर्यटक यो नाकाबाट नेपाल प्रवेश गरेका छन् । नौ महिनाको तथ्याङ्क प्रस्तुत गर्दै अध्यागमन कार्यालयका अधिकृत वासुराम पौडेलले अधिकांश पर्यटक तीर्थाटनका निम्ति नेपाल आउने गरेका बताउनुभयो ।

    यो अवधिमा श्रीलङ्काबाट १९ हजार ८३५ जना, थाइल्याण्डः १२ हजार ३४५ जना, म्यान्माबाट नौ हजार दुई २७८ जना, भियतनामका चार हजार १८८ जना र दक्षिण कोरिया दुई हजार २४ जना नेपाल भित्रिएका छन् ।

    कोभिड–१९ महामारीले सुस्त भएको पर्यटक आगमन महामारी साम्य भएसँगै क्रमशः सुधारोन्मुख छ । सन् २०२२ मा २० हजार दुई सय २० जना पर्यटक आएका थिएभने सन् २०२३ मा ८१ हजार तथा २०२४ मा यो सङ्ख्या बढेर ९२ हजार ६४४ पुगेको थियो ।

    यसैबीच, अध्यागमन अधिकृत वासुदेव पौडेलले कर्मचारीे अभाव कार्यालयको मुख्य चुनौती बनेको तथा १२ जनाको दरबन्दी रहेको कार्यालयमा पाँच जना मात्र रहेका गुनासो गर्नुभयो ।

     

    R.S.S

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend