logo

२०८३ कार्तिक १० सोमबार

धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष सिंहको निधन

धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष सिंहको निधन


खबर सर्कल
  • शनिबार, ११ असोज २०८२
  • 1.5K
    SHARES

    जनकपुर, ११असोज: धनुषाको धनौजी गाउँपालिकाका पूर्वअध्यक्ष बद्रीनारायण सिंहको निधन भएको छ ।

    लामो समयदेखि अस्वस्थ रहनुभएका सिंहको शुक्रबार निधन भएको हो । उहाँ संविधान जारी भएपछि विसं २०७४ मा पहिलोपटक भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

    यसैबीच आज उहाँको अन्त्यष्टि गरिएको छ । यसअघि कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसहितका नेताहरूले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

    नेताहरूले पार्टीका पुराना नेता सिंहको निधनले एक समर्पित र अनुभवी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend