logo

२०८३ कार्तिक १० सोमबार

प्रदेशस्तरीय यू १६ फुटबलः आज चार खेल सम्पन्न

प्रदेशस्तरीय यू १६ फुटबलः आज चार खेल सम्पन्न


खबर सर्कल
  • बिहिबार, १९ मंसिर २०८२
  • 1.5K
    SHARES

    दमौली (तनहुँ), १८ मङ्सिरः तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय यू–१६ फुटबल प्रतियोगिताअन्तर्गत आज चार खेल सम्पन्न भएका छन् ।

    प्रतियोगिताअन्तर्गत अमर भूपू मावि, मीन मावि, तालबेँसी मावि र आयोजक नेपाल पुलिस स्कुलले जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो खेलमा अमर भूपू माविले खैरेनी माविलाई २–० गोल अन्तरले पराजित ग¥यो । अमर भूपूका इर्शान थापाले गरेको दुई गोल नै जितका लागि निर्णायक बन्यो ।

    दोस्रो खेलमा मीन माविले ज्ञानज्योति विद्याकुञ्जलाई २–१ गोल अन्तरले पराजित गरेको हो । मीन माविका निशान शाही र सजल श्रेष्ठले एक÷एक गोल गर्दा ज्ञानज्योति विद्याकुञ्जका कुशल पुनले शान्त्वना गोल गरे । तालबँेसी मावि र अरनिको इङलिस बोर्डिङ स्कुलबीच भएको तेस्रो खेलमा तालबेँसीले २–० गोल अन्तरले जित निकाल्यो । तालबँेसीका लागि सौरभ थापाले र मन्दीप श्रेष्ठले एक÷एक गोल गरे ।

    शिशु कल्याण माविसँग भएको प्रतिस्पर्धामा आयोजक नेपाल पुलिस स्कुलले ‘टाइब्रेकर’मा ५–४ गोल अन्तरले पराजित गर्दै अघिल्लो यात्रा सुरक्षित गरेको छ । निर्धारित समयमा दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा खेलको विजेता घोषणा गर्नुपरेको हो । पुलिसका लागि राम क्षेत्रीले दुई र ओमन श्रेष्ठले एक तथा शिशुकल्याणका रोनाल्डो दर्लामी एक्लैले तीन गोल गरेका थिए ।

    विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्देश्यसहित मङ्सिर २१ गतेसम्म आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका १६ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त तथा उपविजेताले रु २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend