logo

२०८३ कार्तिक १० सोमबार

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु


खबर सर्कल
  • बिहिबार, १९ मंसिर २०८२
  • 1.3K
    SHARES

    राजविराज (सप्तरी), १८ मङ्सिरः कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घरदेखि करिब एक किलोमिटर टाढा रहेको खेतमा काटिएको धान हेर्न गएकाबेला उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

    यस्तै, कोशीटप्पु वन्यजन्त आरक्षबाट निस्कने जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि दुई÷तीन जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।

    हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका बासिन्दाले पटकपटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend