logo

२०८३ कार्तिक १० सोमबार

काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष

काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष


खबर सर्कल
  • सोमबार, २३ मंसिर २०८२
  • 1.3K
    SHARES

    पर्वत, २२ मङ्सिर : यहाँको कुश्मा नगरपालिकास्थित एक परिवारले स्वर्गीय आमाको काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।

    स्थानीय युवा वर्ष प्राथमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको हो । परिवारका सदस्यहरूले समाजसेवामा आमाको झुकावलाई निरन्तरता दिने उद्देश्यले मृतकको तेह्रौँ पुण्य तिथिका अवसरमा कोषको स्थापना गरेको मृतकका छोरा विनोद पुरीले जानकारी दिनुभयो ।

    स्व मातापिता देवेन्द्रकुमारी पुरी र करुणाराज पुरीको नाममा स्थापना गरिएको अक्षयकोषमा सुरुआती रूपमा रु एक लाख ५१ हजार ३२५ जम्मा गरिएको छ । परिवारका अनुसार स्व आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम हस्तान्तरण गरिएको हो ।

    कोषबाट असहाय, आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीले जानकारी दिनुभयो ।

    विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नेपालीले समाजबाट प्राप्त यस्ता सहयोगले शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो योगदान पुग्ने धारणा राख्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend