logo

२०८३ कार्तिक १० सोमबार

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त


खबर सर्कल
  • बिहिबार, २६ मंसिर २०८२
  • 1.6K
    SHARES

    बाजुरा, २५ मङ्सिरः बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ ।

    पालिकाले ‘महिलासँग उपप्रमुख कार्यक्रम’मार्फत वडा नम्बर १ र ७ बाहेकका सबै वडा छाउ गोठमुक्त गरेको हो । नगरपालिकाले सातौँ वडाका रुपमा वडा नम्बर ८ लाई बुधबार छाउपडी गोठमुक्त वडा घोषणा गरेको हो ।

    वडाका ४५६ घरमा अनुगमनपछि उक्त वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको उपप्रमुख नन्दा थापाले बताउनुभयो । कार्यक्रमअनुसार छाउपडी गोठमुक्त घोषणाका लागि ९० प्रतिशत घर गोठमुक्त हुनुपर्ने व्यवस्था छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend