logo

२०८३ कार्तिक १० सोमबार

किरात समुदायले मनाए उधौली साकेला पर्व

किरात समुदायले मनाए उधौली साकेला पर्व


खबर सर्कल
  • शनिबार, २८ मंसिर २०८२
  • 1.7K
    SHARES

    काठमाडौँ, २७ मङ्सिर : किरात राई यायोक्खा काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा आज यहाँस्थित टुँडिखेलमा उधौली साकेला पर्व मनाइएको छ ।

    त्यस अवसरमा किराती समुदायका मौलिक वेशभूषामा सजिएका सहभागीले आफ्ना सांस्कृतिक परम्परा झल्काउने साकेला नृत्य शिली प्रस्तुत गर्दै आपसमा शुभकामना साटासाट गरेका थिए ।

    यस अवसरमा किरात यायोक्खाले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । किरात समुदायले वैशाख पूर्णिमामा उभौली पूजा गरी खेतीपातीका लागि आशीर्वाद माग्ने र उधौलीमा सफल बालीका लागि भगवान्लाई धन्यवाद दिँदै साकेला नाच्ने परम्परा छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend