logo

२०८३ कार्तिक १० सोमबार

एनपिएल: सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य

एनपिएल: सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य


खबर सर्कल
  • शनिबार, २८ मंसिर २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २७ मङ्सिर: नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई जितका लागि ८६ रनको सामान्य लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८५ रनमा समेटियो ।

    सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् । यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०/ १० रन जोड्न सके । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहिरो अङ्कमा रन जोड्न सकेनन् ।

    लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । उसका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट हात पारे । यस्तै, टीका भन्डारीले एक विकेट लिए । लुम्बिनी अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend