logo

२०८३ कार्तिक १० सोमबार

एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर

एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर


खबर सर्कल
  • शनिबार, २८ मंसिर २०८२
  • 1.8K
    SHARES

    काठमाडौँ, २७ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् ।

    यसअघि काठमाडौँ गोर्खाजका शाहव आलमले यो सिजनमा पहिलो ह्याट्रिक गरेका थिए । पोखरा एभेञ्जर्सविरूद्ध ह्याट्रिकसहित छ विकेट लिँदै उनले रेकर्ड बनाएका थिए । शाहव एकै खेलमा छ विकेट लिने पहिलो बलरसमेत बनेका थिए ।

    यसअघि चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए । यस्तै एकै खेलमा चार विकेट लिने खेलाडीहरूमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमकै अविनाश बोहरा, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा एभेञ्जर्सका विपीन खत्री, चितवन राइनोजका सोहेल तनभिर र पोखराका धनन्जय लक्षन रहेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend