logo

२०८३ कार्तिक १० सोमबार

विद्यालयलाई तीन लाख मूल्यभन्दा बढीका सामग्री सहयोग

विद्यालयलाई तीन लाख मूल्यभन्दा बढीका सामग्री सहयोग


खबर सर्कल
  • आइतबार, २९ मंसिर २०८२
  • 1.3K
    SHARES

    कञ्चनपुर, २८ मङ्सिर: जिल्लाको शुक्लाफाँटा नगरपालिका–९ सिसैयास्थित असिग्राम माध्यमिक विद्यालयलाई ‘डेस्क–बेन्च’ सहयोग गरिएको छ ।

    कम्युनिटी सर्भिस नेपाल ललितपुरले विद्यालयलाई रु तीन लाख २० हजार बराबरका सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो । विद्यार्थी सङ्ख्या बढ्दै गएसँगै ‘डेस्क बेन्च’को अभाव देखिएपछि संस्थासँग सहयोगका लागि अनुरोध गरिएकामा सहयोग उपलब्ध भएको र यसले पठनपाठनमा सहज हुने उहाँले बताउनुभयो ।

    संस्थाका संयोजक प्रकाश सुवेदीले ग्रामीण तथा सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend