logo

२०८३ कार्तिक १० सोमबार

सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने

सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने


खबर सर्कल
  • बिहिबार, ६ बैशाख २०८१
  • 1.9K
    SHARES

    बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस जारी छ । जिल्ला अदालत रुपन्देहीमा बिहीबार प्रतिवादीको तर्फबाट ७ जना अधिवक्ताहरूले बहस गरेका हुन् ।

    न्यायाधीश डा प्रकाश उप्रेतीको इजालालमा बिहीबार ४ जनाको बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।

    अधिवक्ताहरू जोख बहादुर खत्री (विक्रम), बाबुराम पाण्डेय, शिव गौडल, कृष्ण पोखरेल, हेमराज पन्तलगायत ७ जनाले बहस गरेका हुन् ।

    अझै ४ जना अभिवक्ताहरूको बहस गर्न बाँकी रहेको छ । उनीहरूले शुक्रबार बहस गर्ने जिल्ला अदालत रुपन्देहीले जनाएको छ । त्यसपछि शुक्रबार नै आदेश आउने जनाइएको छ ।

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend