logo

२०८३ कार्तिक १० सोमबार

सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक

सहकारी ठगीको मुद्दा पेचिलो बनेपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक


खबर सर्कल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 2.1K
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । सहकारी ठगीमा छानबिन समिति गठनको विषय पेचिलो बनेपछि कांग्रेसले शुक्रबार बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो ।

    कांग्रेसको अवरोधका बिच बिहीबार सदनमा सभामुख उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि प्रतिनिधिसभा बैठकमा मुठभेडको स्थिति आएको थियो । त्यसपछि प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । तर कांग्रेसले त्यसअघि नै दलको बैठक बसेर बिहीबार संसदमा सिर्जना भएको मुठभेडबारे समीक्षा गरेर आगामी रणनीति बनाउने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend