logo

२०८३ कार्तिक ११ मंगलबार

सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड

सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड


खबर सर्कल
  • आइतबार, १७ कार्तिक २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, १६ कात्तिकः महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१÷८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ ।

    महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गर्नुभयो । प्रतिवेदनअनुसार आव २०८१÷८२ मा सरकारको सञ्चित कोष रु एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक रहेको छ । यस्तै, नगद अवस्था रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको छ ।

    विभिन्न कोषको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात रु ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend