काठमाडौँ। प्रधानमन्त्रीको सचिवालयले पत्रकार पक्राउ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरेर धरपकड गरेको घटनामा प्रधानमन्त्री बालेन शाह र प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयलाई घटनाबारे पूर्वजानकारीसमेत नभएको बताएकी हुन्।
घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको दाहालले उल्लेख गरेकी छन् ।
विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको र पक्राउ गर्न समाचार कक्षमै पुगेपछि घटनाबारे सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्रीको सचिवालयको यस्तो धारणा आएको हो।
Source:Ratopati
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend