logo

२०८३ कार्तिक १५ शनिबार

कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पहिलो चेतावनी साइरन बजाउन सुरु

कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पहिलो चेतावनी साइरन बजाउन सुरु


खबर सर्कल
  • शनिबार, १५ कार्तिक २०८३
  • 312
    SHARES

    हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढेपछि पहिलो चेतावनी साइरन बजाउन सुरु गरिएको छ । जलाशयमा पानीको सतह १५२८.५०मिटर पुगेकोले प्रथम चरणको चेतावनी साइरन बजाउन लागिएको हो ।

    नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम आयोजनाले साइरन बजाउन सुरु गरिएकोले जलाशयको तल्लो तटीय क्षेत्रमा खोला किनारबाट टाढा अग्लो सुरक्षित स्थानमा बस्न र देउराली–सिस्नेरी सडक खण्ड प्रयोग गर्दा सुरक्षा निकायसँग समन्वय गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    जोखिमको मूल्याङ्कन गर्दै प्रहरीले काठमाडौँ जाने सवारीलाई भैँसे, भिमफेदी लगायतको चौकीमा रोकिएको छ भने त्रिभुवन राजपथ प्रयोग गर्न निर्देशन दिएको छ ।

    Source:Ratopati

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend